१३ भाद्र २०७८, आइतवार

बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ।

https://amzn.to/4myfPN5

वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गते आइतबारदेखि सञ्चालन गर्न लागेको  कार्यालयले जानकारी दिएको हो।

प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरू, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी हुने सम्पूर्ण परीक्षाहरू र कार्यालयमा उपस्थित भई वर्ग थपको लागि राजश्व बुझाइसकेका सेवाग्राहीलाई सेवा लिन आउन कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर