१३ भाद्र २०७८, आइतवार
स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीको होटलमा पहिरो खसेको छ ।
पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दी पुल नजिकैको बजारमा पहिरो खस्दा सडक छेउमा रहेको रहेको होटल पुरिएको हो । पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने चार जनाको पुरिएको अवस्थामा उद्धार गरिएको छ । होटलमा नास्ता खान बसेका उनको मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । मृतकको पहिचान हुन सकेको छैन। अझै केही मानिस पुरिएको हुनसक्ने आशंका गरिएको छ। पहिरोले ३ वटा घर पुरेको छ।
सुरक्षाकर्मी र स्थानीय उद्धारमा जुटिरहेका छन । पहिरोले सिद्धार्थ राजमार्गसमेत अवरुद्ध भएको छ।दिउसो करीव साढे ४ वजेतिर पहिरो खसेको हो ।









