
१३ भाद्र २०७८, आइतवार
गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा जापानमा कर्मथलो बनाएका पारसमणि पोखरेलले एसिया प्रशान्त क्षेत्रिय संयोजकमा उम्मेदवारी घोषणा गरेका छन्।
२०१३ देखि २०१५ सम्म एनआरएनए जापानको अध्यक्ष , आई सिस सदस्य हुँदै दूई कार्यकाल एसिया क्षेत्र उप–संयोजक भैसकेका छन ।
नयाँ र सृजनात्मक कामको लागि आफ्नो परिचय बनाएका पोखरेल १९९५ देखि रोटरी अनि २००५ देखि एनआरएनएमा सक्रिय छन । हाल उनि जापानको रोटरी क्लब संग समेत आबद्ध छन ।
पोखरेल भन्छन् लामो समय देखि एनआरएनए मा मेरो आवद्वता, जिम्मेवारीपूर्वक आफ्नो कार्यकालमा सम्पन्न गरिएको कार्यक्रम यहाँहरूलाई सर्वज्ञान नै छ यद्यपी संगठनमा आवाश्यक नीतिनियम, पारदर्शिता ,संगठन संरचना सुदृढीकरण, व्यवस्थापन आवश्यक एनआरएनए लक्षित अभियानमा मेरो सहभागिता पक्कै रहनेछ तर मेरो प्रमुख नारा भनेकै सवल एनआरएनएू रहने उनले स्पष्ट पारे ।