१३ भाद्र २०७८, आइतवार

सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिएको उपचार खर्च गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता विमलप्रसाद पोखरेलले खनाललाई सरकारले दिएको उपचार खर्च गैरकानूनी भन्दै रिट दायर गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री खनालको भारतको एपोलो अस्पतालमा मिर्गौला सम्बन्धी रोगको उपचार भैरहेको छ ।

परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालयले खनालको उपचार खर्चका लागि ३१ लाख रुपैयाँ निकासा गरिसकेको छ ।

पूर्वराष्ट्रपति डाक्टर रामवरण यादव, पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, केपी शर्मा ओली, पूर्वमन्त्री गोविन्दराज जोशी, देवेन्द्रराज कँडेल, महिन्द्र राय यादव, सुजाता कोइराला, नारायणकाजी श्रेष्ठलगायतले विदेशमा उपचार गरेको भनेर करोडौं रकम राज्यकोषबाट लिइसकेको रिटमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर