१३ भाद्र २०७८, आइतवार

तालिबानले आफूले कब्जा लिन नसकेको उत्तर अफगानिस्तानको पंजशीर प्रान्तमा इन्टरनेट बन्द गरेको छ । तालिबान विरोधीहरुको गढ मानिएको पंजीशरलाई नियन्त्रणमा लिने तालिबानले प्रयास गरे पनि सफल हुन सकेको छैन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

काबुलमा तालिबानको कब्जापछि भागेर पंजशीर पुगेका तत्कालीन उपराष्ट्रपति अमरुल्ला सालेहले लगातार ट्वीट गर्दै तालिबान विरोधीलाई निर्देशन दिन थालेपछि तालिबानले इन्टरनेट बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमरुल्ला सालेहले ट्वीट गर्दै तालिबानको प्रतिरोध गरिने बताउँदै आएका छन् । उनले आफूलाई कार्यबाहक राष्ट्रपतिसमेत घोषणा गरेका छन्।

तालिबानले काबुलमा १५ अगस्टमा कब्जा गरेका थिए । यसअघि १९९४ देखि २००१ सम्म अफगानिस्तानमा तालिबानको सरकार रहँदा पनि पंजशीर तालिबानको कब्जा हुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर