
दिनेश खड्का खप्तडि क्वालालम्पुर
१३ भाद्र २०७८, आइतवार
मलेसियाको मुहार बाक्रिमा रहेको एक फर्निचर कम्पनी तीन महिना देखि वन्द भएको छ । कम्पनी वन्द हुदा त्यहाँ कार्यरत १० जना नेपालीहरु समस्यामा परेका छन ।
मुहार बार्किको कावु सायरमा रहेको स्विसन किलान कम्पनीमा कार्यरत नेपालीहरुले आफुहरु समस्यामा परेको टेलिफोनमा जानकारी गराएका छन ।
कम्पनीमा पाँच वर्ष देखि कार्यरत सप्तरीका दिनेश (नाम परिवर्तन )ले भने ‘हामिले तीन महिना देखि कुनै पनि तलव पाएका छैनौ । यस अगाडि वंगालीकहाँवाट रासन ल्याउथ्यो उसले हाम्रो इमान्दारीता देखेर आज सम्म सहयोग गरिरहेको छ । उसले राशन दिन छाड्यो भने हामि भोकभाकै हुनेछौ ।’
कम्पनीले शुरुको वेलामा २ पोका चामल र वन्दागोभि ल्याईदिएको थियो त्यसपछि कुनै चासो नै देखाएको छैन । दश जनामध्ये आठ जना विरामि परेका छन । उनीहरुले तीनदिनदेखि केहि पनि खाएका छैनन । घाटिमा समस्या देखिएको दिनेशले वताए ‘वंगलादेशिलाई चिप्स ल्याउन भनेका थियौ उसले ल्याईदियो त्यहि खाएका छौ ।’
गत २४ गते देखि विराटनगरका एकजना नेपालीको अवस्था गंभिर छ । कम्पनीको मुल गेटमा ताला लागेका कारण आफुहरु क्लिनिक सम्म पनि जान पाएका छैनन । कम्पनीसंग कुरा गर्दा मेनेजर र सुपरभाईजरको नाम लिदै एकआपसमा पन्छिरहेको उनीहरुको भनाई छ ।
आफना समस्याहरु खुलेर राख्न समेत उनीहरुले सकेका छैनन । दिनेशले भने ‘हाम्रा समस्याहरु धेरै छन खुलेर वाहिर राख्न सक्दैनौ कम्पनीले हेर्देन डरको कारणले जीउदै मरेका छौ’ । जसरी हुन्छ हाम्रो कुराहरु संम्वन्धित ठाउँसम्म पुगोस उनीहरुको भनाई छ ।
अघिल्लो वर्ष पनि उक्त कम्पनी वन्द भएको थियो त्यो वेलामा दैनिक १० रिगेट दिने गरेको थियो ।
कम्पनीको मुख्य गेट
कम्पनीको होस्टल