१३ भाद्र २०७८, आइतवार
नेपाल पर्यटन वोडले विभिन्न देशका प्रतिनिधहरु संग भेटघाट र छलफल अगाडि वढाईरहेको छ । केहि दिन अगाडि कतार,थाइल्याण्ड र श्रीलंका राजदूतसँग भेटघाट तथा छलफल गरेको वोर्डले नेपाली दुतावास मलेसियाका फस्ट सेक्रेटरी मोह्द फाजेल अबु हसन संग छलफल गरेको छ ।
नेपाल र मलेशियाबीच पर्यटन प्रबर्द्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मी र नेपालका लागि मलेशियाका फस्ट सेक्रेटरी हसन विच भेटवार्ता भएको हो ।
हालैमात्र मलेसियन राजदूतावासमा भएको भेटवार्तामा दुवै देशले स्वास्थ्य मापदण्ड पालना गर्दै एक अर्को देशको पर्यटन प्रबर्द्धनको लागि सहकार्य गर्ने सहमति गरेका छन् ।
भेटका क्रममा दुवै देशका कुटनीतिक व्यक्ति,सेलिब्रेटी,सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यासहरू आदान प्रदान गर्न सकिने कुरामा जोड दिएका छन्।बोर्डका कार्यकारी प्रमुख रेग्मीले मलेशियामा नेपालको प्रबर्द्धन गर्न त्यहाँस्थित सरकारी सञ्चारमाध्यम र नेपालमा मलेशियाको प्रवद्र्धन गर्न नेपालको सरकारी सञ्चारमाध्यमहरूबीच सहकार्य गर्न पनि सकिने बताए ।
भेटमा मलेसियन राजदूतावासका फस्ट सेक्रेटरी मोह्द फाजेल अबु हसनले नेपाल र मलेसियाबीच विभिन्न कोणले सुमधुर सम्बन्ध रहेको बताउँदै कोभिडकै बीचमा स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटन क्षेत्रलाई सुचारु गर्न सकिने विषयमा आफुहरुले पनि छलफल गरिरहेको बताए ।