
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
१३ भाद्र २०७८, आइतवार
बाग्लुङ सेवा समाज मलेशियाले एक नेपालीको उद्धार गरि नेपाल पठाएको छ ।
म्यादीमालिका गाउपालिका २ रुमका दुर्गालाल पुनको उद्धार गरि नेपाल पठाएको हो ।
करीव सात वर्ष अगाडि मलेसियाका आएका पुन आएको केहि समय पछाडि नै अवैधानिक वन्न पुगेका थिए ।
पछिल्लो समयामा पुन मलेसियाको पाहाङ राज्यको बुकितिग्ङी भन्नेठाउँमा खेतीपातीको काम गरिरहेका थिए । आफन्त पर्ने दुर्गा वहादुर पुनले त्यहाँ उनलाई काममा लगाएका थिए । पटक पटक नेपाल फर्काउनको लागि पहल भैरहेको भएपनि निकै असहज भैरहेको थियो ।
काम गर्ने ठाउँमा हिड्दा अगष्ट २३ तारिखका दिन उनी लडेपछि टाउँको चोट लागेको थियो । त्यसपछि दुर्गा वहादुरले उनको मलेसिामा उपचार समेत गराएका थिए । नेपाल फर्कनको लागि पटक पटक परिवारवाट अनुरोध भएको भएपनि उनी भने फर्कन खोजीरहेका थिएनन । बाग्लुङ सेवा समाज मलेशियाको सम्पर्कमा आएपछि उनलाई नेपाल फर्काउन सहयोग मिलेको थियो ।
नेपाली दुतावास क्वालालम्पुर मलेसियाले नेपाल फर्काउनको लागि आवश्यक पर्ने कागजपत्र वनाईदिएको थियो भने बाग्लुङ सेवा समाज मलेशियाले आर्थिक सहयोग उपलब्ध गराएपछि उनलाई नेपाल फर्कन सहज भएको हो ।
आईतवार सिगापुर एयरलाइन्स मार्फत नेपाल फर्काइएको बाग्लुङ सेवा समाज मलेशियाका संयोजक कर्ण मगरले राष्टडेलीलाई जानकारी गराए । उनले भने मलेसियामा कोरोना सक्रमण निकै वढेको छ अध्यागमन विभागवाट पनि पहिला जस्तो कामहरु भैरहेको छैन त्यो अवस्थामा पनि उहाँलाई सहयोग गरेर नेपाल फर्काईएको छ नेपाल फर्काउन सहयोग गर्ने सवैलाई धन्यवाद दिन चाहान्छु ।
दुर्गालालको परिवारमा श्रीमती दुई छोरा र दुई छोरी रहेका छन ।