
१३ भाद्र २०७८, आइतवार
पाल्पाको तानसेन नगरपालिका ५ कैलाशनगरमा घरले च्यापेर एक जना बालिकाको मृत्यु भएको छ ।
शनिबार राती करिब साढे २ बजे आफ्नै कच्ची घरमा सुतिरहेको बेला घर भत्किदा १० वर्षीय नैना दर्जी घरले पुरिएर घाइते भएकी थिइन् ।
घाइते भएकी दर्जीलाई उपचारको लागी युनाईटेड मिसन अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले जानकारी दिए ।