१२ भाद्र २०७८, शनिवार

सुदूरपश्चिमबाट अस्ट्रेलियामा काम गर्दै आएका नेपालीले बैतडीमा हत्या गरिएकी भागरथी भट्टका आफन्तलाई २ लाख ७० हजार ८४० रुपैयाँ सहयोग गरेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सिआईडी–नेपालको समन्वय तथा सहकार्यमा नेपलिज एसोसिएसन अफ भिक्टोरिया ९न्याभ० र मल्टी डाइनामिक रियल स्टेट मेलबर्न अस्ट्रेलिया बाट सो रकम सहयोग गरिएको हो ।

गत माघ २१ गते बेपत्ता भएकी भागरथीको शव माघ २२ गते बैतडीको लबलेक सामुदायिक जङ्गलमा हत्या भएको अवस्थामा फेला परेको थियो । शनिबार सो रकम सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भट्टका आफन्त कृष्ण भट्टमार्फत आमा द्रोपती भट्टलाई हस्तान्तरण गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर