१२ भाद्र २०७८, शनिवार

बझाङ– गाई मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक जनालाई पक्राउ गरेको छ । खप्तडछान्ना गाँउपालिका–५ का २८ वर्षीय जनक आग्रीलाई पक्राउ गरेको हो ।

आग्रीले खप्तडछान्ना–६ राजकोटका बलबहादुर सार्कीको गोठबाट गाई चोरेर लाने क्रममा गर्भीणी गाई बाटोमा हिँड्न नसकेपछि वडा नं ५ को छात्राबस्टी नजिकै रहेको पुलमा चिर्पटले हिर्काएर मारेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका आग्रीमाथिको अभियोग प्रमाणित भएमा चोरी गरेको आरोपमा दुईदेखि सातवर्ष कैद वा रु २० हजारदेखि ७० हजार जरिवाना र गाई मारेको अभियोगमा तीन वर्ष कैद सजाय हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर