१२ भाद्र २०७८, शनिवार

भोजपुर षडानन्द नगरपालिका-९ तालखर्कका ४० वर्षीय बुद्दीमान राईले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन्।

https://amzn.to/4myfPN5

शनिबार बिहान राती  उनले आफ्नै श्रीमती २८ वर्षीया इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका थिए।

प्रहरीका अनुसार श्रीमतीको हत्यापछि आफू घरबाट करिब ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए।

घटनास्थालमा इलाका प्रहरी कार्यालय साङपाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरि कार्यालय भोजपुरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर