१२ भाद्र २०७८, शनिवार
ह्दयघातका कारण ज्यान गुमाएका अन्न प्रसादगैरे (विनोद) को वेलायतमा अन्त्येष्ठि गरिएको छ ।
स्याङ्जा वालिङ नगरपालिका १३ डुम्री स्वारा घर भई लण्डनमा वस्दै आएका गैरे लाई २२ अगष्टमा अचानक ह्रदयघात भई कुइन्स हस्पिटलमा उपचारको लागि लगिएकोमा उपचारकै क्रममा गैरेको निधन भएको थियो ।
नेपाली समाज नोटिङघमका संस्थापक तथा एनआरएनए अभियन्ता रणबहादुर केसीले दिएको जानकारी अनुसार गैरेको शुक्रवार दाहसंस्कार गरिएको हो
बेलायतको नोटिङघममा वस्दै आएका ५२ वर्षिय गैरे पेशाले सेफ काम गर्दथे । सन् १९९८ तिर उनी लण्डन पुगको थिए । हाल ६ वर्षदेखि नोटिङघममा स्थायी बसोवास गर्न थालेको थिए ।

 

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर