११ भाद्र २०७८, शुक्रवार

भारत सरकारले नेपालका बाढी प्रभावितहरुका लागि आठ करोड रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपालका बाढी प्रभावितहरुका लागि भारत सरकारले नेपाल भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद मार्फत आठ करोड रुपैयाँ बराबरको राहत सामग्री हन्तान्तरण गरिएको हो ।
भारतीय राजदूताबासकी मिशन उप–प्रमुख नामग्या खम्पाले नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई उक्त सामाग्रि हस्तान्तरण गरेका हुन ।
बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका टेन्ट, प्लास्टिक सिट, स्लीपिङ्ग म्याट र औषधिहरुहरु हस्तान्तरण गरिएको थियो ।
भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले  राहत सामग्री प्रदेश नं. २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा र  रुपन्देही जिल्लाका बाढी प्रभावितहरुका लागि मंगलबारदेखि वितरण गरिने जानकारी दिनुभयो ।

प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकालले गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लाका बाढी तथा पहिरो पीडितका लागि राहत सामग्री वितरण गर्ने वताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर