
दिनेश खड्का खप्तडि/ क्लालालम्पुर
११ भाद्र २०७८, शुक्रवार
मलेसियामा एक नेपालीको मृत्यु भएको छ ।
सप्तरी जिल्लाको विसुनपुर गाउँपालिका वडा न १ घर भई मलेसियाको एक सेक्युरिटि कम्पनीमा कार्यरत ४३ वर्षका राकेश कुमार यादवको शुक्रवार विहान मृत्यु भएको हो ।
सेलाङगरको काम्पुङवारु सुगाईवुलोमा रहेको नोभा साईल्ड सेक्युरिटि कम्पनीमा कार्यरत रहेका राकेशको शुक्रवार विहान करीव ५ वजेतीर मृत्यु भएको मलेसियामै रहेका राकेशका छिमेकि विनोदले जानकारी गराए ।
राकेश १६ महिना अगाडि मात्रै रोजगारीकाले सिलसिलामा मलेसिया आएका थिए । राकेशका् परिवारमा श्रीमती र दुई छोरा रहेका छन ।
कम्पनीले जानकारी गराए अनुसार राकेशमा हाईव्लडप्रसेरको समस्या देखिएको कारण केहि दिन अगाडि देखि सुगाईवुलो अस्पतालमा राखेर उपचार भैरहेको थियो ।
शवलाई आवश्यक प्रकृया पुरा गरेर नेपाल पठाउने तयारी भएको कम्पनीले जानकारी गराएको छ । मृतक राकेश परिवारका माहिला छोरा हुन । उनको परिवारमा श्रीमती र दुईछोरा रहेका छन ।