
११ भाद्र २०७८, शुक्रवार
खोटाङमा भाइले आफ्नै दाजुको हत्या गरेका छन् । हत्या आरोपमा भाइ र भतिजा पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका—३ कांडेका ३३ वर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ वर्षीय नारायण थापा र भतिजा १५ वर्षीय रुपन थापा पक्राउ परेका हुन्।
गत भदौ ९ गते दिउँसो ११ बजे घरबाट हिडेका गिरीराज घर नफर्केपछि परिवारले खोजी गरेका थिए ।
खोजतलास गर्ने क्रममा बुधबार घरदेखि २ सय मिटर पर बारीमा मृत फेला परेका थिए ।
घटनाको प्रकृती, स्थानीयबासीको सोधपुछ तथा अनुसन्धानबाट प्रहरीले हिजै मृतकका भाई नारायण र भतिजा रुपनलाई पक्राउ गरेको हो ।