
१० भाद्र २०७८, बिहिवार
कुवेतमा एक नेपाली चेलीको मृत्यु भएको छ । पर्वत जिल्लाको कुस्मा नगरपालिकिा वडा न ११ गौरीटोल घर भई कुवेतमा कार्यरत पुतली परियारको मंगलवार मृत्यु भएको हो ।
नेपाली दुतावास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालका अनुसार पुतलीको परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूताबासमा आएको र अभिलेख हेर्दा उनले सन २०१४ मा साउदी अरबको लागि श्रम स्विकृति लिएको देखिन्छ। ४२ बर्षिय पुतली अहिले अबैधानिक रुपमै कुवेतमा रहेको देखिन्छ। उनको मृत्यु प्रमाण पत्र आईसकेको छैन।
कसैलाई थप जानकारीहरु भएका दुतावासको हटलाईनमा सम्पर्क न ००९६५९८८६९१२१मा खवर गर्न दुतावासले अनुरोध गरेको छ ।