
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
१० भाद्र २०७८, बिहिवार
मलेसियामा कोरोना सक्रमणवाट मोरङका एक नेपालीको मृत्यु भएको छ ।
मोरङ जिल्लाको उर्लावारी नगरपालिका वडा न ५ घर भई मलेसियाको वान्तीङमा रहेको पियु टेक इण्डटिजमा कार्यरत ४७ वर्षिय टिकाराम भटटराईको मंगलवार मृत्यु भएको वडा अध्यक्ष भानुभक्त शर्माले जानकारी दिए ।
मलेसियाको वान्तीङमा रहेको उक्त कम्पनीमा टिकाराम २०१६ देखि कार्यरत रहेका थिए । नेपाल गएर फेरी सोहि कम्पनीनामा २०१९ को अगष्ट २६ तारिखका दिन मलेसिया आएका थिए ।
केहि दिन अगाडि देखि कोरोना सक्रमण भएको र शवलाई नेपाल ल्याउन नमिल्ने भएकाले मलेसियामै दाहसंस्कार गर्नको लागि पहल गरिएको श्रीमती हरिमाया भटटराईले जानकारी दिईन । शव वान्तिङ अस्पतालमा रहेको छ ।