१० भाद्र २०७८, बिहिवार

मलेसियामा नक्कली भिषा लगायतका काजजात वनाउने तीन जना पक्राउ परेका छन । पक्राउ पर्ने तीनैजना पाकिस्तानी नागरीक भएको मलेसियावाट प्रकाशित समाचाहरुमा उल्लेख गरिएको छ।
उनीहरुले यस्ता कागजात वनाए राम्रै रकम लिने गरेका उल्लेख छ  । उनीहरुले विशेष गरी  भिषा,  ड्राइभिङ लाईसेन्स,शरणार्थी कार्ड तथा पासपोर्टका कार्यहरु गर्ने गरेका थिए ।
मलेसियाको अध्यागमनको विशेष दस्ताले सेतापार्क,क्वालालम्पुर,सेरी काम्वानाग,सेलागर क्षेत्रमा अपरेशन गर्दा उनीहरु पक्राउ परेका हुन । पक्राउ परेका उनीहरु संग २३२० वटा नक्कली स्टिकरहरु रहेका थिए यसैगरी डेक्सटप कम्प्युटर,प्रिन्टर,ल्यामिनेशन मेशिन,पासपोर्ट रिर्डर र विभिन्न देशको स्टाम्प सहित दुई होण्डा सिभिक गाडि र प्रोटोन वाजा कारहरु पनि वरामत गरेको जनाएको छ ।
यदि उनीहरुले गरेका यि सवै क्रियाकलाप प्रमाणित भएमा ५ देखि दश वर्षसम्मको कैद सजाय र ६ कोर्रा सम्म हान्न सकिने मलेसियाको कानुन रहेको पनि उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर