
१० भाद्र २०७८, बिहिवार
बर्दिया/ २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-१ बस्ने २९ वर्षीय सिताराम थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित हरियाली सामुदायिक बनमा थारूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।