९ भाद्र २०७८, बुधवार

रोजगारीको लागि मलेसिया रहेका गोपाल सन्त नेपालमा एसईई पास भएपछि छानविन शुरु भएको छ ।
सप्तरीजिल्लाको सप्तकोशी नगरपालिका–१० जनता माध्यमिक विद्यालयले रोजगारीको लागि मलेसियामा रहेका सन्तलाई २.७५ जीपिए नम्वर दिएर एसईई पास गराए पछि छानबिन सुरु भएको हो ।

मलेसियामा रहेका वखत सन्त पास भएको विषयमा समाचार सार्वजनिक भएपछि विद्यालयमाथि छानबिन सुरु गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख विजय मण्डलले जानकारी दिए ।
उनले भने, “एसईई पास गराउने विद्यालयबाट सबै विवरण माग गरी सम्पूर्ण कागज झिकाई सकिएको र विवरणमा के त्रुटि भएको छ हेरेर शिक्षा नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ ।”

विद्यालयका प्राध्यापक श्यामकान्त चौधरीले प्राविधिक गडबडीका कारण विदेशमा भएको युवा पास भएको वताए ।

सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतमले विद्यालयलाई पत्राचार गरिए पनि माग बमोजिम कागज अहिलेसम्म उपलब्ध नगराएको बताए ।

गोपालका वुवा सोहि विधालयका कार्यालय सहयोगी रहेको हुनाले प्रधानाध्यापक चौधरीलाई प्रभावमा पारी परीक्षा फारम भरेको हुन सकिने आशङ्का गरिएको छ ।। गोपाल मलेसियामा छ वर्षदेखि कार्यरत छन ।

प्रतिक्रिया

सम्बन्धित खवर