
९ भाद्र २०७८, बुधवार
बेलायतमा रहको गल्कोटेहरुको संस्था ’गल्कोट समाज यूके’ को अध्यक्षमाभोजराज कँडेलको सर्वसम्मतिमा निर्वाचित भएका छन ।
मंगलबार मिडल्यान्डको बर्मिङहम, वेष्ट ब्रोमिचमा सम्पन्न तेस्रो अधिवेशनले कँडेलको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्ष गोविन्दराम कंडेल र चन्द्र साहनी, महासचिव विष्णु चालिसे, सचिवमा सुजन गौतम, कोषाध्यक्षमा गंगाधर र सहकोषाध्यक्ष लाल थापा निर्वाचित भएका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यहरुमा डा। पुष्प उप्रेती, डिलाराम गैरे, तेजबहादुर भण्डारी, राजु बोहोरा, राजु सापकोटा, अमरनाथ गैरे, धनबहादुर केसी, राम थापा, किसान खत्री, सिता खराल, नगेन्द्र खड्का, सुरेश परियार, दशरथ खरेल, सुरेश भण्डारी, मोती सुवेदी, अशोक बुढाथोकी, हरि घर्ती र नारायण खरेल छन् ।
बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट आएर बेलायतमा बसेका गल्कोटेहरुले सन् २०१६ मा गल्कोट समाज यूके स्थापना गरेका हुन् ।
समाजले स्थापनाका शुरुवाती वर्षहरुमै बाग्लुङ तथा देशका अन्य स्थानमा समेत थुप्रै परोपकारी काम गरिसकेको छ ।