९ भाद्र २०७८, बुधवार

ओलम्पियन गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ ।  जापानमा सम्पन्न टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेर वेलायत पुगेकी गौरिकाले सामाजिक संजालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएकी छिन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उनले आफूलाई कुनै लक्षण नदेखिएको र खोपको दुवै डोज लगाएपनि १० दिनको लागि क्वारेन्टिन बस्ने बताएकी छिन् । उनले नियमित मास्क लगाएर स्वास्थ्य मापदण्ड पालना गरेपनि संक्रमण भएको बताइन् ।

गौरिकाले आफूलाई कुनै लक्षण नरहेको र परिक्षण नगरेको भए संक्रमणबारे थाहा नहुन सक्ने बताइन् । उनले सबैलाई सुरक्षित रहन अनुरोध गर्दै आफ्नो सुस्वास्थ्यको कामना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर