
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
९ भाद्र २०७८, बुधवार
क्यान्सर रोगवाट पिडित भई उपचार गराईरहेकि भोजपुर आमचोल गाउँपालिका वडा नम्बर ५ (पावाला) कि २८ बर्षिय महिला जसमाया राईलाई विभिन्न देशवाट सहयोग जुटिरहेको छ ।
यसैक्रममा भोजपुरे एकता समाज मलेसियाका कोषाध्यक्ष दिलिप क्ष्रेष्ठको पहलमा विभिन्न देशहरुवाट गरी ७ लाख ७३ हजार ७२१ रुपैयाँ जम्मा भएको थियो । अभियानमा जोडिएर मलेसिया, कतार , (दुबई)युएई , कुवेत , सिङ्गापुर , दक्षिण कोरिया , अमेरिका , साउदी अरेबिया , पोर्चुगल , नेपाल लगायतका देशहरुवाट सहयोग रकम जम्मा श्रेष्ठले जानकारी गराए । जम्मा भएको रकम पिडितलाई हस्तान्तरण गरिसकिएको छ ।
अभियानमा साथ दिने सवैलाई श्रेष्ठले ह्दयदेखिनै धन्यवाद दिदै आगामि दिनमा आवश्यक परेमा फेरी सहयोग गर्नसमेत उनले सवैमा अनुरोध गरेका छन ।
सहयोग गर्न चाहनेले बिरामी जसमाया राई नेपाल 9843878786 मा सम्पर्क गर्न सकिने छ । अथवा सिधै खातामा समेत रकम जम्मा गर्न सकिने छ ।
बैंक खाता :
BANK NAME : MACHHAPUCHCHHARE BANK LIMITED MAYA RAI
NAME : JASH
BANK AC NO. : 43-23-524-531174-01-5