९ भाद्र २०७८, बुधवार

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा नं ८ केरुङका २२ वर्षीय दावा तेन्जी शेर्पालाई प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मोटरसाइकल सहित खोलाले वगाउदा वेपत्ता भएका छन ।
सल्लेरीबाट मोपुङ हिँडेका उनलाई वडा नं २ मोपुङको वासाखोला तर्नेक्रममा खोलाले वगाएको प्रहरीले वताएका छ । प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता छन् ।

उनको खोजीका लागि ठूलो सङ्ख्यामा जनपथ प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासीले खोजी गरिरहेका छन । शेर्पा सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी हुन

 

प्रतिक्रिया

सम्बन्धित खवर