८ भाद्र २०७८, मंगलवार

कोरोना सक्रमणवाट स्याङजा जिल्लाका तीन जना महिलाको मृत्यु भएको छ । स्वास्थ निर्देशनालय पोखराका अनुसार तीनैजनाको उपचारको क्रममा पोखरामा मृत्यु भएको हो ।
जिल्लाको वालिङ नगरपालिका वडा न ८ कि ७२ वर्षिय महिलामा भदौ ४ गते सक्रमण देखिएपछि पोखराको स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ निर्देशनालयले आज प्रेस विज्ञप्ती जारी गरी जानकारी गराएको छ ।
यसैगरी जिल्लाको भिरकोट नगरपालिका वडा न ३ कि ७५ वर्षिय महिलामा भदौ ४ गते सक्रमण देखिएकोमा पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको स्वास्थ निर्देशनालयले जनाएको छ ।
यसैगरी जिल्लाको आँधिखोला गाउँपालिका वडा न ५ कि ५९ वर्षिय महिलामा साउन २६ गते सक्रमण देखिएको थियो । उपचार गराईरहेको अवस्थामा सक्रामण तथा सरुवा रोग अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर