८ भाद्र २०७८, मंगलवार

पाँचथरको फिदिम नगरपालिकाका एक वृद्धको लडेर मृत्यु भएको छ ।

सोमबार  मलाम गई फर्कने क्रममा वडा नं १४ स्थित बाँसबोटेको  भीरबाट खसेर वडा नं ८ घलेगाउँका ६५ वर्षीय पद्मबहादुर राईको मृत्यु भएको हो ।

उनी  घर नआएकाले छोराले खोजी गर्दै जाँदा  गोरेटो बाटोबाट खसेर १०० मिटर तल मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर