काठमाडौं, २०७८ भदौ ८ गते
कास्की, मादी गाउँपालिका-१० मकै खोलास्थित मामा घर बस्ने सोही गाउँपालिका-९ सिप्लिवेशी घर भएकी १७ वर्षीया कोपिला परियारको हत्या गरेको अभियोगमा स्याङ्जा हरिनास गाउँपालिका-६ चालिसे बस्ने ४५ वर्षीय खड्क बहादुर खवासलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

२०७७ असार २५ गते सोही गाउँपालिका-११ मुखिएको सेरस्थित पातिघारीमा शव फेला परेको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा स्याङ्जा पुतलिबजार नगरपालिका-४ शिवमन्दिर चोकबाट पक्राउ गरेको हो ।

https://amzn.to/4myfPN5

उनी उपर जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा १० दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मोरङ, मिक्लाजुङ्ग गाउँपालिका-६ भण्डारी टोल बस्ने ४५ वर्षीय धनराज लिम्बुको हत्या गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिक्लाजुङ्ग गाउँपालिका-६ भण्डारी टोल बस्ने ३३ वर्षीय रविन तामाङ, २५ वर्षीय संजय तामाङ, ३० वर्षीय आईतराज तामाङ र ४० वर्षीय भाग्य बम्जन रहेका छन् ।

भदौ ३ गते राति रविन तामाङ र उनकै श्रीमतीबीच भएको वादविवाद मिलाउन जाँदा धनराजलाई उनीहरुले लाठी प्रहार गरी गम्भीर घाइते बनाएपश्चात तत्काल स्थानीय अस्पताल हुँदै थप उपचारको लागि बिराटनगर अस्पतालमा लगिएकोमा शनिबार राति उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको थप अनुसन्धानका क्रममा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूरमा ८ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर