दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
८ भाद्र २०७८, मंगलवार
मलेसियामा कोरोना सक्रमणवाट एक नेपालीको मृत्यु भएको छ ।
रामेछापको लिखुतामाकोशि ५ घर भई विगत तीन वर्ष देखि मलेसियाको फास्क सेक्युरिटिमा कार्यरत ३६ वर्षका चन्द्र वहादुर राउतको कोरोना सक्रमणवाट मृत्यु भएको हो ।
केहि दिन अगाडि देखि चन्द्रमा कोरोना सक्रमण देखिएको थियो । कारोना सक्रमण देखिएपछि कम्पनीले शरेडाङ अस्पतालमा लगेर उपचार गराईरहेको थियो । उपचारकै क्रममा सोमवार दिउसो मृत्यु भएको हो ।
शवलाई पोसमार्टम पश्चात मलेसियामै अत्येष्ठि गर्नको लागि आवश्यक पहल भैरहेको कम्पनीमा कार्यरत नेपालीहरुले जनाएका छन ।
चन्द्रको मलेसियाको रोजगारी दोश्रो पटक थियो । यस अघि २०१४मा आएर २०१७मा नेपाल फर्किएर फेरी हाल काम गरिरेहको सेक्युरिटि कम्पनीमा आएका थिए ।
चन्द्रको परिवारमा श्रीमती र दुईछोरा रहेका छन ।