८ भाद्र २०७८, मंगलवार

इजरायलको रोजगारीमा जाने श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’का आधारमा लिइने भएको छ ।

https://amzn.to/4myfPN5

वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनको रुजु गरिरहेकाले भदौको दोस्रो हप्तापछि लिखित परीक्षा लिने तयारीसमेत गरेको छ ।
लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेद्वारको अन्तर्वार्ता समेत लिइने छ ।
छनोट भएका आवेदन लिखित र मौखिक (अन्र्तवार्ता) लोकसेवा आयोगले हाल अबलम्बन गरेको पद्धती अनुसार हुने भएकाले इजरायलले माग गरेअनुसार योग्य व्यक्ति छनोट हुने मन्त्रालयले जनाएको छ ।

नेपाल र इजरायल सरकारबीच २०७७ असोजमा नेपाली नागरिकलाई इजरायलका दीर्घकालिन स्याहार केन्द्रहरुमा सहायक कामदारको रुपमा रोजगारी प्रदान गर्ने गरी द्विपक्षीय श्रम सम्झौता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर