८ भाद्र २०७८, मंगलवार

अफगानिस्तानको सत्ता कब्जा गरेको तालिवानले देशबाट भागेका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्ला सालेहलाई देश फर्कन आग्रह गरेको छ ।

तालीवानका बरिष्ठ नेता तथा हक्कानी नेटवर्कका प्रमुख खलील उरंहमान हक्कानीले राष्ट्रपति, उपराष्ट्रपति र सुरक्षा सल्लाहकार हमदुल्ला मोहिवलाई माफी दिएको घोषणा गर्दै देश फर्कन आग्रह गरेको हो ।

यस्तै हक्कानीले आफुहरु बिरुद्धको युद्धमा अफगान सेनाको नेतृत्व लिएका जर्नेलसहित सवै सैनिकलाई पनि माफी दिइएको घोषणा गरेका छन् ।

आफुहरु बिरुद्ध युद्ध लड्ने जो कोहीलाई बदला लिने जनाएको तालीवानले पछिल्लो समय निर्णय फेर्दै माफी दिने घोषणा गरेको हो ।

तालिवान नेताले घानीलगायत उच्च पदस्थ ब्यक्तिहरु स्वदेश फर्केमा भब्य स्वागत गर्ने पनि बताएका छन् । उता अफगान राष्ट्रपति घानीका भाई ऐहशमत गनीले तालीवानलाई साथ दिने बताएका छन् ।

तालीवान नेता मुफ्ती महमुद जाकिरको उपस्थितीमा उनले तालीवानलाई साथ दिने वचन दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर