
७ भाद्र २०७८, सोमवार
अफगानिस्तानमा तालिवान समूहले सत्ता कव्जा गरेसँगै अलपत्रमा परेका ८६० जना नेपाली सम्पर्कमा आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतबार साँझसम्मको तथ्याङकमा उद्धार भई आएका ५०४ जना र बाँकी ३५६ जना सम्पर्कमा आएको मन्त्रालयले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
शनिबार ३५ जनाको उद्धार गरी काठमाडौं ल्याइएको थियो । सम्पर्कमा रहेका ३५६ जनाकै उद्धारका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नेपाली राजदूतावास, नयाँदिल्लीबाट समेत सम्पर्क भैरहेको मन्त्रालयले जनाएको छ ।