दिनेश खड्का खप्तडि क्वालालम्पुर

७ भाद्र २०७८, सोमवार
मलेसियामा कोरोना सक्रमणवाट एक नेपालीको मृत्यु भएको छ । बझाङ जिल्लाको केदार स्युँगाउपालिका ५ का ३१ वर्षिय अमर वहादुर गुर्धामीको मृत्यु भएको हो ।

यस अघि पनि गुधार्मि २०११ सालमा मलेसिया गएका थिए । मलेसियावाट फर्केर फेरी पनि उनी दोश्रो पटक मलेसिया आएका थिए ।
पछिल्लो पटक जोहारवारुको जलान ताम्पोईमा रहेको काईन सुन प्लाष्टिक एनडिएन विएचिडि मा उनी कार्यरत रहेका थिए ।
उनी सगै अरु दुईजना साथीहरुलाई पनि कोरोना सक्रमण देखिपछि उनीहरु सवै होम क्वारेन्टाईनमा वस्दै आएका थिए ।

साउन २९ गते कम्पनीले स्थानिय मेडिकलमा लगेर उपचार गराएको उनले नेपालमा परिवारलाई टेलिफोनमा जानकारी गराएको   आफना भतिज दिल वहादुर गुधार्मिले  वताए ।
कोरोनाले च्याप्दै जादा उनको होस्टलमै मृत्यु भएको हो । शवलाई पोसमार्टमको लागि स्थानिय अस्पतालमा लगिएको छ ।
गुधार्मि परिवारका एक्ला छोरा थिए । उनको परिवार वुवा आमा,श्रीमती एक छोरा र दुई छोरी रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर