७ भाद्र २०७८, सोमवार

झापामा झुण्डिएको अवस्थामा ८ महिने शिशुसहित दम्पतीको शव फेला परेको छ।

कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविना झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए।

नानीलाई आमाले छातीमा टाँसेर बोकेको अवस्थामा देखिएको छ ।उनीहरुले आफ्नै घरमा डोरीको पासो लगाएर हात्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् ।

आत्महत्या गर्नुपर्ने कारण खुल्न सकेको छैन भने अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर