७ भाद्र २०७८, सोमवार
दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा सङ्गठन, नेपाल विद्यार्थी समाज दक्षिण कोरिया(सोनसि)ले आफ्नो १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले दीर्घ राज जोशीको अध्यक्षमा नयाँकार्य समितिको चयन गरेको छ। साधारण सभाले उपाध्यक्षमा क्षेत्र नं १ बाट सुन्दर बरुवाल, क्षेत्र नं २ बाट विरेन्द्र नारायण साह, क्षेत्र नं ३ बाट सौगात सिवाकोटी र क्षेत्र नं ४ बाट नबिन बोहरा लाई चयन गरेको छ । यसैगरी सचिवमा ग्रिन्सन शर्मा, सह–सचिवमा मनिष पाण्डे, कोषाध्यक्षमा प्रदिप देवकोटासँगै सदस्यहरूमा प्रकाश नेपाली, बिक्रम खड्का, भरत खत्री, लक्ष्मण मानन्धर र दिवाकर चौलागाई चयन गरेको छ ।
२००४ मा स्थापना भयको संस्थाले निरन्तर नेपाली विद्यार्थीहरूको हक हितका लागी काम गर्दै आर्यरहेको छ । कार्यक्रम सोनसिकको फेसबुक पेजमार्फत लाइभ गरिएको थियो ।
कार्यक्रमको सभापतित्व राजाराम श्रेष्ठले गरेका थिए । कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली राजदूतावास सउलका कार्यवाहक राजदूत तथा उपनियोग प्रमुख राम सिंह थापा,सोनसिकका संस्थापक अध्यक्ष जनार्दन लामिछाने लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।