
७ भाद्र २०७८, सोमवार
अफगानिस्तानवाट नेपाल फर्कन थालेकाहरुलाई वेलायतमा रहेका नेपालीहरुले सहयोग गरेका छन । अफगानिस्तानमा बेलायती कम्पनीमा कार्यरत रहेका नेपालीहरुलाई कम्पनीहरुले नै बेलायत ल्याएर नेपाल फर्काइरहेको छ ।
यसैक्रममा बेलायत ‘ट्रान्जिट’ मा राखिएका केही नेपालीलाई यहाँका स्थानीय नेपालीहरुले सहयोग वितरण गरेका छन् ।
स्वीण्डनको जुरिस इन होटलमा राखिएका ५२ जनालाई स्थानीय नेपाली एशोसिएसन अफ वील्शायर, स्वीण्डनले खाना तथा लत्ताकपडा वितरण गरेको छ ।
एशोसिएसनका अध्यक्ष ज्ञानप्रसाद गुरुङ र समाजका प्रतिनिधिहरु होटलमै पुगेर सहयोग बाँडिएको जानकारी दिए । त्यसक्रममा उनीहरुलाई अन्य थप सहयोग आवश्यक परेमा समाजका तर्फबाट प्रतिवद्धता प्रकट गरिएको थियो ।