६ भाद्र २०७८, आइतवार
नेकपा एमाले विभाजन गरी नयाँ दल दर्ताको प्रक्रियामा रहेका माधव कुमार नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । नेपाल पक्षलाई ५ मन्त्री र एक राज्यमन्त्री दिने सहमति गठबन्धनले गरेको छ ।
नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी दर्ता भएलगत्तै सरकारले पूर्णता पाउने सम्भावना रहेको छ ।
नेपाल पक्षबाट मुकुन्द न्यौपाने र बेदुराम भुसालको नाममा लगभग सहमति जुेको छ । अन्य ४ जनामा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठको नाम चर्चामा छ ।
यस्तै जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, मेटमणि चौधरी र हिराचन्द्र केसीको नाम पनि चर्चामा रहेको छ ।
नेपाल समूहमा रहेका अन्य नेताहरुलाई पालैपालो मन्त्री बनाउने नेताहरुबीच सहमति भएको बुझिएको छ ।