
६ भाद्र २०७८, आइतवार
कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ ।
सुर्खेतको सिम्ता गाउँपालिका–३ का ७१ वर्षीय पुरुष र दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मृत्यु हो ।
सुर्खेतका पुरुषमा भदौ १ गते र दाङका पुरुषमा साउन २८ गते संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी गराए ।