
६ भाद्र २०७८, आइतवार
बामदेव गौतमका विषयमा बेला बेला विभिन्न अफवाहहरु फैलिने गरेका छन् । गौतम कहिले ओली पक्षमा त कहिले नेपाल पक्षमा रहेको भन्दै चर्चामा आउने गरेका छन् । पछिल्लो समय उनको सचिवालयले गौतम नेपालसँग नगएको प्रष्टिरकण दिएको छ ।
नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आपत्ति जनाएको छ ।
सचिवालयले भनेको छ, ‘पत्रपत्रिका तथा सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितको ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन । क. वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको र नेकपा एमाले नेतृत्वको कार्यशैली प्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो ।’