६ भाद्र २०७८, आइतवार

भूतपूर्व गोर्खा सैनिकलाई समान पेन्सन दिइनुपर्ने मागसहित शुरु गरिएको अनलाइन पिटिसन (हस्ताक्षर) अभियानमा एकलाख ४हजार भन्दा वढिले हस्ताक्षर गरेका   छन् । एक लाख नाघेपछि बेलायत सरकारले संसदमा यस विषयमा वहस गर्नु पर्ने प्रावधान छ
सन् १९९७ अघि अवकासप्राप्त गोर्खालाई भेदभावरहित व्यवहार गर्न र ब्रिटिश भेट्रान्स सरह पेन्सन दिन माग गर्दै एकजना गोर्खा शुभेच्छुक बेलायती रोय ब्रिंक्लीले अगष्ट पहिलो साता पिटिसन शुरु गरेका थिए ।

https://amzn.to/4myfPN5

हस्ताक्षर अभियान शुरु गर्दा गोर्खाहरु समान पेन्सन माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि रिले अनसनमा थिए । १७ दिनको रिले अनसनपछि भोक हड्ताल बसेका भूतपूर्व गोर्खाहरुले बेलायतले वार्तामार्फत समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि गत बिहीबार अनसन तोडिएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर