
६ भाद्र २०७८, आइतवार
अक्षयकुमार अभिनित ‘बेल बटम’ बिहिबारदेखि सिनेमा हलमा रिलिज भएको छ। कोरोनाको दोस्रो लहरपछि सिनेमा हलमा रिलिज भएको यो पहिलो ठुलो बलिउड फिल्म हो।
‘बेल बटम’ भारतका १६ सय सिनेमा हलमा रिलिज भएको छ। भारतमा अहिले संक्रमण न्यून रहेको स्थानमा सिनेमा ५० प्रतिशत अकुपेन्सीमा मात्र फिल्म चलाउन थालिएको छ ।
रन्जित तिवारी निर्देशित फिल्ममा अक्षयकुमार, वाणी कपूर, लारा दत्ता, हुमा कुरेसी लगायतको अभिनय रहेको छ।