६ भाद्र २०७८, आइतवार

पूर्व—पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुर—सिमरा उपमहा नगरपालिका स्थित १६ किलोमिटर नजिकै दुई वटा मोटर साईकल एक आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मृत्यु हुनेमा निजगढ नपा ९ का १६ वर्षीय विकास कुमार साह, पर्सा डकेला बहुअरीकी ३५ वर्षीया सुनैनादेवी साह र जीतपुर—सिमरा उपमहा नगरपालिका १३ पैनीटोलका ४० वर्षीय टुलुराज तामाङ्ग रहेका छन् ।

पूर्व—पश्चिमतर्फ जाँदै गरेको बा ६५ प २७५६ नम्बरको मोटर साईकल र पश्चिमबाट—पूर्व तर्फ आउँदै गरेको प्रदेश नं. २—०३—००२ प ५३३५ नम्बरको मोटर साईकल शनिबार राति करिब ९ः३० बजे सो जुध्दा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक शंकर चौधरीले बताउनुभयाे ।

मृत्तकहरुको शव पोष्टमार्टमको लागि कलैया अस्पताल लगिएको छ ।

facebook sharing button

प्रतिक्रिया

सम्बन्धित खवर