६ भाद्र २०७८, आइतवार

अस्ट्रेलियामा लकडाउनविरुद्ध प्रदर्शन हुँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । बीबीसीका अनुसार अस्ट्रेलियाको मेलबर्न र सिड्नी शहरहरुमा लकडाउनविरुद्ध प्रदर्शन गरिरहेका हजारौं मानिसहरुसँग प्रहरीको झडप भएको हो ।

प्रहरीले २१८ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने कम्तिमा सात जना प्रहरी अधिकारीहरु घाइते भएका छन् ।

पक्राउ परेका सबैलाई कोभिड नियम उल्लंघन गरेवापत ५ हजार ४५२ अस्ट्रेलियन डलर जरिबाना तिराइने प्रहरीले जनाएको छ। तीन जनालाई प्रहरीमाथि कुटपिट गरेको अभियोग पनि लगाइएको छ ।

अस्ट्रेलियामा अहिलेसम्म कोरोना संक्रमबाट ९८१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर