५ भाद्र २०७८, शनिवार

गैर आवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान सचिव गौरीराज जोशीले २०२१- २३ कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिने भएका छन् ।

अमेरिकाका सफल युवा व्यवसायी तथा सामाजिक अभियन्ता जोशीले ‘सक्षम, समावेशी र साझा एनआरएनए निर्माण हाम्रो अभियान’ नारासहित उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

चितवनको मध्यम वर्गीय परिवारमा जन्मिएका उनी सफल व्यवसायी र समाजसेवीका रुपमा अमेरिकी डायष्पोरामा अहिले निकै लोकप्रिय   छन् ।

एटीएन्ड टी, सीटी बैंक र अमेरिकन एअरलाइन्सजस्ता प्रसिद्ध व्यवसायिक घरानामासमेत जोडिएको उनको कम्पनीले भारत र नेपालमासमेत सेवा विस्तार गरिसकेको छ । जोशीले यस व्यवसायबाट सफलता हात पाएसँगै रियल स्टेट, ग्याँस स्टेसनलगायतमा हात हालिसकेका छन् । अमेरिकाको टेक्सासलाई आधार बनाएका जोशी व्यवसायसँगै परोपकारी कार्यमा पनि क्रियाशिल छन् ।

सहयोग र परोपकारी अभियानमा सधै अगाडि सर्ने गौरीले टेक्सासको नेपाली सांस्कृतिक केन्द्र होस् या चितवनको हिन्दु विद्यालय अनि चेपाङ बस्ती या सिन्धुका शिक्षालयमा लाखौं सहयोग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर