
५ भाद्र २०७८, शनिवार
अफगानिस्तानबाट उद्धार गरिएका नेपाली स्वदेश फर्कने क्रम जारी छ ।
आज मात्रै अफगानिस्तानबाट थप ३५ जना नेपाली काठमाडौं आइपुगेका छन । यो संगै अफगानिस्तान बाट स्वदेश फर्कनेको संख्या ४ सय ९६ पुगेको छ ।
जजीरा एरलाईन्सबाट ९ जना र टर्कीस एरलाईन्स बाट २६ गरि ३५ जना नेपाली स्वदेश फर्किएको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ ।
उद्धार भएर काठमाडौं आइपुगेका नागरिकलाई सरकारले सम्पूर्ण स्वास्थ्य मापदण्ड तथा प्रक्रिया पुरा गरेर होल्डिङ सेन्टरमा राखेको छ ।
अफगानिस्तानमा रहेका नेपालीको उद्धार भैरहेको भएपनि अझै धेरै नेपाली स्वदेश फर्कन बाँकी छ ।