५ भाद्र २०७८, शनिवार

मलंगवा नगरपालिका-११ ठुलो पल्सी बस्ने ३० वर्षीय समसुद्दिन अंसारीलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अंसारी र उनकै दाजु बीच बादबिवाद भई झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्प र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा समसुद्दिनले कम्मरमा भिरेको गोली लोड भएको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर