५ भाद्र २०७८, शनिवार

काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने काभ्रे तिमाल गाउँपालिका-८ घर भएका ३० वर्षीय विक्रम तामाङलाई १०.३८ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १ सय १ एम्पुल नोर्फिन, १ सय एम्पुल फेनारगन, ९९ एम्पुल डाईजेपाम, नगद ४८ हजार ५ सय रुपैयाँ र ९ हजार भारतीय रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको डेरा कोठामा लागूऔषध कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-९ देवकोटा चोकबाट ५ ग्राम ५ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-८ बस्ने २० वर्षीय गोपाल बिश्वकर्मा र बिर्तामोड नगरपालिका-८ स्थितमा डिडिआर फार्मेसी संचालन गरी बस्ने ईलाम माई नगरपालिका-६ घर भएका २० वर्षीय भिष्म वुढाथोकी रहेका छन् । बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ प्रगतिटोलबाट ४ केजी ४ सय ९० ग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित कैलाली धनगढी उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय किशोर सिंह लगायत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बारा, निजगढ नगरपालिका-९ सहिद चोकबाट ७.५ किलो अवैध लागूऔषध गाँजा सहित भारत बिहार राज्य गोपालगञ्ज घर भएको २९ वर्षीय अतुल कुमार साहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर