५ भाद्र २०७८, शनिवार

सुर्खेत, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हुम्ला सर्केघाट गाउँपालिका-७ बस्ने १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँ बस्ने २० वर्षीय रामकृष्ण जैशीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले ती बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका-१२ नेवारेस्थित खुल्ला चौरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट सहकारीचोकबाट र नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी  ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-१२ हरियाली बस्ति बस्ने बर्दिया राजापुर नगरपालिका-६ टपरा घर भएका ३३ वर्षीय निर्मल चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर