५ भाद्र २०७८, शनिवार

सामाजिक सञ्जालमा अहिले एउटा तस्वीर निक्कै चर्चामा छ । जहाँ एक आमाले आफनो छोरालाई लिईरहेको अवस्थामा उनको मृत्यु   भएको छ ।
काल्पनिक झै लाग्ने यो तस्वीर रुकुम- पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटला सुन्दरपानी की २८ वर्षीया धर्माकुमारी बटालाको हो । उनको काखमा भएको वच्चा उनकै ३२ महिने छोरा किरण बटलाको हो ।

बिहीबार साझँ करीव साढे ५ बजे तिर राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढेर उनी विरामि छोरालाई उपचार गराउन नेपालगञ्ज आउदैगर्दा उनको वसभित्रनै मृत्यु भएको थियो ।
यात्राकै क्रममा धर्माकुमारीको मृत्यु पछि वच्चा धेरै रोएको हुँदा यात्रुहरुले वच्चा फुल्याउन अनुरोध गर्दा उनको मृत्यु भएको थाहा भएको थियो त्यहिवेला वसमा यात्रा गरिरहेका कसैले फोटो खिचेर सामाजिक सन्जालमा राखिदिएपछि फोटो सामाजिक सन्जालमा भाईरल भएको हो ।
मृतक धर्माकुमारीका श्रीमान दलवहादुर भन्छन उनमा दमको रोगपनि थियो मलाई पनि नभेटि प्राण त्याग गरिन यो वच्चाले आमा आमा भन्छ म के जवाफ दिऊ

 

प्रतिक्रिया

सम्बन्धित खवर