
रामचन्द्र नेपाल/ काठमाण्डौ
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
५ भाद्र २०७८, शनिवार
मलेसियावाट ८वटा शव र १६ जनाको अस्तु नेपाल ल्याईएको छ । विभिन्न कारणले मलेसियामा मृत्यु भएकाहरुको शव र अस्तु नेपाल एयरलाइन्सको वाईडवडि विमानले नेपाल ल्याएको हो ।आज ल्याईएका १६ वटा अस्तुमध्ये धेरैजसो कोरोनाका कारणले मलेसियामै दाह गरिएकाहरुको छ ।
आज मलेसियावाट गौरीजुला ४ सल्यानका लाल वहादुर महतारा,डुमरुवा ६ वडि सुनसरीका सुरेन्द्र कुमार चौधरी,वन्खु ७ काभ्रेका ज्ञान वहादुर वल,टंकरा ४ धादिङका सानो कान्छा मगर,कार्कि ९ रुकुमका हिका गुरुङ, दुवाकोट १ धनुषाका अखलेश मण्डल,सुनावेशि १ नुवाकोटकि सन्जीता थिङ तामाङ,सिम्ले ४ वाच्छा पर्वतका सुनिल सिलवालको शव नेपाल ल्याईएको छ ।
यसैगरी आज ल्याईएका अस्तुहरुमा विराटनगर २२मोरङका दिपक कुमार राई र हसनदह ५का जस वहादुर लिम्वु, इलाम पिपलवोट ८कि सवनम दास,तुल्सिपुर ११ दाङका तिलकराम घर्ती,गुम्वा ३ संखुवासभाका थैलेन भोटे र मैलुखखर्क ८का प्रेम कुमार राईको रहेको छ ।
यसैगरी विरुवागुठि पर्साका सिकेन्द्र कुमार चौरासिया,फिदिम १३ पाचँथरका रत्न कुमार राई,भरतपुर ५ महोत्तरीका राम उमेश महतो,पालुङ ८ पाल्पाका यम वहादुर गाहा,वेगनास ९ कास्किका शंकर तिमिल्सेनाको रहेको छ ।
यसैगरी श्रीनगर १ जुम्लाका धर्मराज डाँगि,खैरहनी ५ चितवनका नगेन्द्र महतो,सल्यानगिरी १ ढारुली गोर्खाका पदम वहादुर थापाको अस्तु नेपाल आएको हो ।
यसअघि रोजगारीको लागि मलेसियामा पुगेका नेपालीहरुमध्ये तीनदिनमा दुई जनाको मृत्यु हुने गरेको विभिन्न रिपोर्टहरुमा उल्लेख गरिएको थियो । जसमा धेरैजसो सुतेको सुत्यै अवस्थामा हुने गरेको पोसमार्टम रिपोर्टमा उल्लेख गरिएका थिए ।
तर पछिल्लो समयमा मलेसियामा नेपालीहरुको मृत्युदर निकै वढेको छ । कोरोना सक्रमणको कारण दैनिक एक जनाभन्दा धेरै नेपालीहरुको मृत्यु भैरहेको छ ।
न्यारो वडिले शवहरु लिएर आउदैनन । वाईडवडि विमान मलेसियामा नजादा शवहरु मलेसियामा धेरैदिन सम्म रहने गरेको मलेसियामा रहेको नेपाली दुतावासले जनाएको छ ।